• Saturday 28th of November 2026

ओली–देउवाविरुद्ध नाराबाजी गर्ने तीन जना रिहा


  • धनकुटा खबर
  • .

काठमाडौं, १४ भदौ । गौरा वर्षको अवसरमा टुँडिखेमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेसँगै पक्राउ गरेका तीन जना रिहा भएका छन् । उनीहरुलाई आज रिहा गरिएको बताइएको छ ।

ओली–देउवाविरुद्ध नाराबाजी गर्ने गोपीराम जैसी, रामबहादुर बुढा र दिपक सिंह ठगुन्ना पक्राउ गरेका थिए ।

सरकारले आलोचना सुन्न नसकेर युवाहरुलाई पक्राउ गरेको भन्दै चौतर्फी आलोचना भइरहेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (माओवादी केन्द्र) ले उनीहरुको गिरफ्तारीलाई लिएर संसदमा समेत सरकारको आलोचना गरी तत्काल रिहाइको माग गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖