• Tuesday 6th of October 2026

आफ्नै आमामाथि जबरजस्ती करणी


  • धनकुटा खबर
  • .

रोल्पा । रोल्पामा आफ्नै आमामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका बस्ने ५६ वर्षीया आमालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले २९ वर्षीय एक पुरुष (छोरा) लाई गिरफ्तार गरेको हो ।

असम्भव प्राय मानिएको यस घटनाले यति बेला संगो समाजलाई स्तब्ध बनाएको छ। रोल्पा प्रहरीका अनुसार शुक्रबार मध्यरातमा सुतिरहेकी आमामाथि मुख छोपेर चिच्याउन नदिई जबरजस्ती करणी गरिएको थियो । बलात्कारमा परेकी आमाले उक्त घटना बारे छोरीलाई जानकारी गराएकी थिइन् ।

आरोपितको बहिनीको उजुरीपछि प्रहरीले घटना बारे जानकारी पाएको थियो । आमालाई बलात्कार गर्ने ती पुरुषले भने आफूले सो बेला मदिरा (रक्सी) सेवन गरेको र आफू हाेसमा नरहेको हुँदा के-के भयो भन्ने बारे केही थाहा नपाएको प्रहरी समक्ष प्रारम्भिक बयान दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता, प्रहरी निरीक्षक केशवराज बराकोटीले इलाका प्रहरी कार्यालय होलेरीमार्फत हाडनाता करणी अन्तर्गत थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖