• Saturday 28th of November 2026

नर्स ममताको शव सिग्नल हिल पार्कमा गाडिएको आशंकामा खोजी


  • धनकुटा खबर
  • .

काठमाडौं- अमेरिकामा बेपत्ता नर्स ममता भट्ट काफ्लेको शव सिग्नल हिल पार्कमा गाडिएको संकेत प्रहरीलाई मिलेको छ।

मनासास पार्क प्रहरी र प्रिन्स विलियम काउन्टीको खोज तथा उद्धार टोलीले शुक्रबार राति सिग्नल हिल पार्कमा खोजी गरेको छ।

श्रीमती बेपत्ता पारेको र शव लुकाएको अभियोगमा उनका पति नरेश भट्ट प्रहरी हिरासतमा छन्। प्रहरीले खोजीका क्रममा उनलाई पार्कमा पुर्‍याएको सूचना प्राप्त भएको जनाएको छ।

ममता काफ्ले भट्टको मृत्यु भएको अनुमान गरिएको छ । अदालतका कागजातहरूमा प्रहरीले घरमै रगतको आहाल फेला पारेको छ। सार्वजनिक भएको नयाँ तस्विर वाथरुमको हो। जहाँ रगत जमेको देखिएको छ।

भट्टले ममताको शवलाई उक्त पार्क पुर्याईएर कतै गाडेको हुन सक्ने आशंका गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖