अमेरिकामा बेपत्ता नर्स ममता भट्ट काफ्लेको शव अझै भेटिएको छैन् । तर प्रहरीले सिग्नल हिल पार्कमा गाडिएको आंशका गरेर खोजी सुरु गरेको छ । शुक्रबार मनासास पार्क प्रहरी र प्रिन्स विलियम काउन्टीको खोज तथा उद्धार टोलीले राति सिग्नल हिल पार्कमा खोजी गरेको छ।
ममता बेपत्ता पारेको र शव लुकाएको अभियोगमा ममताका श्रीमान नरेश भट्टलाई प्रहरी हिरासतमा छन्। प्रहरीले खोजीका क्रममा उनलाई पार्कमा पुर्याएको सूचना प्राप्त भएको जनाएको छ। अदालतका कागजातहरूमा प्रहरीले नरेशको घरमै वाथरुममा रगतको आहाल फेला पारेको छ। जहाँ रगत जमेको देखिएको छ।
ममता काफ्ले बेपत्ताको घटना हुनुभन्दा महिनौं अघि उनका श्रीमान् नरेश भट्टले कम्प्युटरमा श्रीमतीको मृत्युपछि विवाह गर्न कति समय लाग्छ भन्नेबारे सर्च गरेको खुलासा भएको छ । नरेशले आफ्नो कामको कम्प्युटरमा श्रीमतीको मृत्यु भएपछि विवाह गर्न कति समय लाग्छ भन्नेबारे गुगल गरेको पत्ता लागेको अभियोजकले सोमबार अदालतमा बताएका थिए ।
जुलाई ३१ देखि ममता परिवारको सम्पर्कमा छैनन्। नरेशले त्यो बीचमा कसैलाई खबर गरेका गरेनन । अगस्ट १ सम्म ममताको दुई सिफ्ट छुटेपछि मेडिकल सेन्टरका सहकर्मीले प्रहरीलाई खबर गरेका थिए । मानसास पार्कका एक प्रहरी खबर भएको भोलिपल्ट उनको घरमा पुगेपनि नरेश भट्टले प्रहरीमा रिपोर्ट गर्न अस्वीकार गरेका थिए। उनले एकैपल्ट अगस्ट ५ मा मात्रै प्रहरीलाई खबर गरेका छन्।
