• Saturday 28th of November 2026

ममता काफ्ले घटनाबारे धर्ती माताको यस्तो खुलाशा


  • धनकुटा खबर
  • .

अमेरिकामा तीन सातादेखि नेपाली नर्स ममता काफ्ले वेपत्ता छन् । भर्जिनियास्थित मनासस पार्कस्थित घरबाट गत १६ साउन बाट बेपत्ता काभ्रे पनौती ६ स्थायी घर भएकी ममताको हत्या भएको आशंका गरिएको छ । उनको हत्या भएको आंशकामा अमेरिकामा प्रहरीले श्रीमानलाई समेत पक्राउ गरेको छ ।

ममताको डेढ वर्षको छोरीलाई भने हेरचाह केन्द्रमा लगिएको छ । ममता वेपत्ता र हत्या भएको प्रसंगलाई लिएर घरेलु हिंसाका घटनाको उपज भएको समेत विश्लेषण गरिएको छ । प्रहरीले घटनाको अनुसन्धानका लागि ममताका श्रीमान् नरेश भट्टलाई गत बिहीबार पक्राउ गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनका अनुसार ममताका पति नरेशमाथि २८ वर्षीया ममतालाई घरभित्रै मारेर उनको शव बाहिर लगेको आरोप लागेको छ ।

यसैक्रममा बेपत्ता भएकी ममताको परिवार अमेरिका जाने प्रक्रियामा छन् । पछिल्लो समय परिवार भित्रै स्नेहको अभाव, पारिवारिक बेमेल र आर्थिक समस्या लगायत विविध कारणबाट आपराधिक घटना गर्न उद्दत भएको विवरण सार्वजनिक भइरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖