• Saturday 28th of November 2026

सिमराबाट काठमाण्डौका लागि उडेको जहाज जनकपुरमा अवतरण


  • धनकुटा खबर
  • .

काठमाडौ । आज बिहान सिमराबाट काठमाण्डौका लागि उडेको बुद्ध एयरको उडान संख्या U4-552 मौसम प्रतिकूलताका कारण जनकपुर विमानस्थलमा अवतरण गरिएको छ। बिहान ७:४५ बजे उडान भर्ने तय भएको उक्त जहाजले ८ बजे उडान गरेको थियो।

उडानको क्रममा काठमाण्डौ विमानस्थलमा अवतरण गर्न मौसमले अनुकूलता नदेखाएपछि विमानलाई जनकपुरमा आकस्मिक अवतरण गराइएको हो। सिमरा विमानस्थलका कर्मचारीले जनकपुरबाट पुनः काठमाण्डौका लागि जहाज उडान हुने तयारी भइरहेको जानकारी दिएका छन्।

विमानस्थलका कर्मचारीका अनुसार यस्तो घटना कहिलेकाहीं भइरहने भए पनि कुनै किसिमको खतरा भने नभएको स्पष्ट पारेका छन्। यात्रुहरूले यात्रा पुनः सुचारु हुने प्रतीक्षामा रहेको बुझिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖