मोरङको सुन्दरहरैंचा–७, बेलगाछीमा एकै घरका दुई बालिका मृत फेला परेका छन् । स्थानीय अर्जुन कार्कीका ३ र डेढ वर्षीया छोरीहरु शनिवार साँझ केराबारी जङ्गलमा मृत भेटिएका हुन् ।
शुक्रबार बेलुकीदेखि हराएका उनीहरुलाई शनिवार साँझ घाँस काट्न गएकाले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
बालिकाहरुको शव नजिकै विषको सिसी समेत फेला परेको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेकाे जनाएकाे छ ।
