• Saturday 28th of November 2026

आज पनि घट्यो सुनचाँदीको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन तोलामा छ सय रुपैयाँले घटेर १ लाख ५२ हजार ३०० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ९ सय रुपैयाँ कायम भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुन र चाँदीको मूल्य शुक्रबारपनि घटेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖