• Wednesday 7th of October 2026

किन देखियो फेसबुकको लोगोमा परिवर्तन ?


  • धनकुटा खबर
  • .

काठमाडौँ – शनिबार विश्वभरका प्रयोगकर्ताले फेसबुकमा केही परिवर्तन देखेका थिए । यसअघि नीलो ब्याकग्राउन्डमा सेतो ‘एफ’ अक्षर रहेकोमा शनिबार उक्त लोगो परिवर्तन भएर कालो ब्याकग्राउन्डमा निलो ‘एफ’को आइकन देखिएको थियो ।

यो किन भयो भनेर अहिले चासो बढ्दा कतिपयले फेसबुकले लोगो परिवर्तन गर्न लागेकै रुपमा बुझे । तर बिजनेस इन्साइडरले जनाए अनुसार यो रिब्रान्डिङभन्दा पनि उक्त प्लेटफर्ममा आएको समस्या हो ।

मेटाका प्रवक्ताले बिजनेस इन्साइडरलाई बताए अनुसार यो प्राविधिक कारणले गर्दा देखिएको समस्या हो भने अहिले समस्या समाधान भइसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖