• Saturday 28th of November 2026

मुख्यमन्त्रीका परिवारसहित ५ जना सवार हेलिकप्टर भयोआकस्मिक ल्याण्ड


  • धनकुटा खबर
  • .

काठमाडौँ – डोल्पाबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल सवार हेलिकप्टर रुकुम पश्चिमको आठबसिकोट नगरपालिकाको राडीमा आकस्मिक ल्याण्ड भएको छ।

डोल्पाको त्रिपुरा सुन्दरी दर्शन तथा एक मेलाको अवलोकन गरेर फर्किने क्रममा मौसम खराबीका कारण मुख्यमन्त्री कँडेल सवार सिम्रिक एयरको नाइन एन–एकेडी कल साइन भएको हेलिकोप्टर राडीस्थित एक खेल मैदानमा अवतरण गरेको जिल्ला प्रहरी कार्यालका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज भट्टराईले जानकारी दिए।

हेलिकप्टरमा मुख्यमन्त्रीसहित उनकी श्रीमती, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका प्रमुख, सुरक्षा गार्ड र चालकसहित पाँच जना रहेका बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖