• Saturday 28th of November 2026

बाख्रा चराउन गएका एक व्यक्ति मृत फेला


  • धनकुटा खबर
  • .

डडेल्धुरा । डडेल्धुरामा बाख्रा चराउन गएका एक व्यक्ति मृत फेला परेका छन्। जिल्लाको परशुराम नगरपालिका–१० बागथलीका ४० वर्षीय अम्मरबहादुर विष्ट आइतबार बाख्रा चराउने क्रममा नजिकैको जंगमा गएका थिए ।

उनको शव आज बिहान फेला परेको प्रहरीले जनाएको छ। वर्षासँगै परेको चट्याङ लागेर उनको मृत्यु भएको आशंका गरिएको छ।
बिज्ञापन

इलाका प्रहरी कार्यालय जोगबुडाबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖