• Saturday 28th of November 2026

खाली घरमा मानव कंकाल भेटिएपछि…


  • धनकुटा खबर
  • .

प्युठान, भदौ १७ गते । माण्डवी गाउँपालिका–२ मा मानव कंकाल फेला परेको छ । माण्डवी गाउँपालिका–२ अधेरीस्थित दलबहादुर खत्रीको पुरानो घरमा मानव कंकाल फेला परेको हो ।

आइतबार बाँदर धपाउन गएको बेला पानी परेपछि ओत लाग्न उक्त घरमा गएका स्थानीयले मानव कंकाल भेट्टाएका थिए । घर विगत सात वर्षदेखि खाली छ । मानव कंकाल बच्चाको जस्तै देखिएको स्थानीयको भनाई छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय प्युठानको प्रहरी प्रमुख ईश्वर थापा नेतृत्वको टोली पुगेको छ । ‘‘भर्खरै घटनास्थल आईपुगेका छौं, सूचना अधिकारी केशव केसीले भन्नुभयो अनुसन्धान हुँदैछ ।’’ -सुजल श्रेष्ठ /गोरखापत्र अनलाइन

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖