• Friday 9th of October 2026

बाढी र पहिरोमा परी ११ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

फिलिपिन्समा उष्णकटिवन्धीय आँधीका कारण आएको बाढी र पहिरोमा परी ११ जनाको मृत्यु भएको छ ।

आँधीले मेट्रो मनिला लगायत देशको मुख्य लुजोन टापुका अधिकांश भागमा पानी परेको छ । फिलिपिन्समा इन्टेंग भनिने यागी यस वर्ष देशमा आएको पाँचौं आँधी हो । फिलिपिन्समा हरेक वर्ष औसत २० वटा टाइफुन आउँछन् । द्वीपसमूह उष्णकटिबन्धीय चक्रवातहरूको लागि जोखिममा छ ।

२०१३ मा हैयान टाइफुनले ६ हजार ३ सय जनाको ज्यान लियो । देशमा अनुमानित १२.९ बिलियन अमेरिकी डलर क्षति भएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖