• Wednesday 7th of October 2026

पूजा शर्माले पल शाहलाई ‘सही’ भनेपछि समीक्षाको यस्तो आक्रोश


  • धनकुटा खबर
  • .

गायिका समीक्षा अधिकारीले अभिनेत्री पूजा शर्मालाई लक्षित गर्दै एक स्टाट्स लेखेकी छिन्।

पूजाले एक पड्कास्टमा बोलिरहेको भिडिओ सेयर गर्दै उनले पुरानो कुरालाई बारम्बार कोट्याएर पीडा नदिन अनुरोध गरेकी हुन्।

यतिखेर पूजा र पल शाह फिल्म ‘रामायण’ को प्रमोसनमा लागेका छन्। यसै सन्दर्भमा पूजाले एक अन्तर्वार्तामा पलको सपोर्टमा बोलेकी थिइन्।

‘एउटा एक्ट्रेसहरुको टिम नै बनाएको रहेछ। त्यहाँबाट मलाई आउट गरेको रहेछ। तर पनि केही छैन। भगवान छ, सत्यको जित हुन्छ। मलाई केही पनि फरक पर्दैन। आज कानुनले नै प्रुफ गरेको चिज हो। कानुनले बोलिसकेपछि सिध्धियो। कसैले बोलिरहन जरुरी छैन। पललाई अट्याक गर्न जरुरी छैन। तपाईंको आफ्नै छोरा छ भने सम्झिनुहोस् के,’ पूजाले भनेकी छिन्।

सबै सामान्य चलिरहेको बेला उमेरले झन्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु गलत रहेको समीक्षाको भनाइ छ। ‘यसरी पनि सिनेमा चलाउन खोज्नु सही हो र?’ समीक्षाले प्रश्न गरेकी छिन्।

यस्तो छ समीक्षाको स्टाट्स :
‘अदालत नै पड्कास्टहरु हुन् भने, न्यायाधीस नै यी र यस्ता कलाकारहरु हुन् भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि? सत्य के हो? कि उसलाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ। के सही? के गलत? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफुलाई जोख्न तयार भएँ। र, माफी दिएर सावित गरिदिएँ। त्यसयता सबै नर्मल नै चलिरहेका बेला आफैँ छोरी भएर उमेरले झन्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र? यसरी पनि सिनेमा चलाउन खोज्नु सही हो र? सानालाई माया र ठूलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ। हिजो तिमी मेरो बहिनी भनेर आउनुभयो, मैले दिदि भनें, मानेँ। अहिले पनि मानेकी छु। मान्छु तर यसरी पिडा नदिनुस् प्लिज!’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖