• Wednesday 7th of October 2026

एनसेलले पलेशालाई १० लाख रुपैयाँको पुरस्कारसहित सम्मान गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं, भदौ १९ । पेरिसमा पारालिम्पिक २०२४ मा नेपाललाई कांस्य दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई एनसेलले नगद १० लाख रुपैयाँको पुरस्कारसहित सम्मान गर्ने भएको छ।

पलेशाको ऐतिहासिक जित र पेरिस पारालिम्पिकमा देशलाई प्रतिनिधित्व गर्ने पारा खेलाडी तथा प्रशिक्षकको सम्मानस्वरूप एनसेलले पलेशालाई १० लाख रूपैयाँ प्रदान गर्न लागेको हो।

अन्य सहभागी पारा खेलाडी तथा प्रशिक्षकहरूलाई पनि थप १० लाख रूपैयाँ पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ। एनसेलले राष्ट्रिय पारालिम्पिक कमिटी (एनपिसी) नेपालसँग भइरहेको आफ्नो सहकार्यअनुरूप यो सम्मानको घोषणा गरेको हो।

एनसेलले गत वर्षदेखि एनपिसीसँग नेपाली पारा खेलाडीहरूको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖