• Tuesday 6th of October 2026

यी हुन् तातोपानी पिउनुका बेफाइदा


  • धनकुटा खबर
  • .

तौल घटाउने घरेलु उपायमध्ये तातो पानी पिउनु सबैभन्दा सामान्य हो । बिहान उठ्ने बित्तिकै मनतातो पानी पिउने सल्लाह दिने धेरैलाई तपाईँले देख्नु भएको होला ।

तातो पानी स्वास्थ्य र छालाको लागि राम्रो मानिन्छ तर धेरै मानिसले छिट्टै तौल घटाउनको लागि बारम्बार तातो पानी पिउने गर्छन् ।

अर्कोतर्फ, अत्यधिक तातो पानीले स्वास्थ्यलाई फाइदा नहुन सक्छ तर नोक्सान बेहोर्नु पर्ने हुन्छ । धेरै तातो पानी पिउँदा यस्ता हानि हुन सक्छन्:

मिर्गौलामा असर – शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्ने काम मिर्गौलाले गर्छ । तर धेरै तातो पानी पिउनाले डिहाइड्रेसन हुन सक्छ र मृगौलालाई असर गर्छ। तातो पानीले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्दैन र मिर्गौला बिग्रन थाल्छ ।

निद्रामा प्रभाव– राति सुत्नुअघि तातो पानी पिउनुभयो भने निद्रामा असर पर्छ । राति मनतातो पानी पिएर सुत्दा पिसाब बढ्नुका साथै रक्तनलीका कोशिकाहरूमा चाप बढ्न सक्छ। निद्राको प्रभावका कारण थकान महसुस हुनुका साथै अन्य शारीरिक तथा मानसिक समस्याहरू देखा पर्न सक्छन्।

निर्जलीकरण– एक अध्ययन अनुसार शरीरको ५५–५६ प्रतिशत भागमा पानी हुन्छ । पानी स्वास्थ्यका लागि प्रभावकारी हुन्छ । यसले शरीरलाई हाइड्रेट गर्छ र विषाक्त पदार्थ बाहिर निकाल्ने काम गर्छ। तर तातो पानी पिउनाले शरीरलाई हाइड्रेट गर्दैन, तर डिहाइड्रेसनको गुनासो बढाउन सक्छ।

इलेक्ट्रोलाइट्समा प्रभाव– अत्याधिक पानीले रगतमा इलेक्ट्रोलाइट्सलाई कोशिकामा भन्दा बढी पातलो गर्न सक्छ। रगत र कोशिकाहरू बीच सन्तुलन कायम राख्न कोशिकाहरूमा रगतको पानी तानिन्छ। यसले कोशिकाहरू सुन्निने र मस्तिष्कमा दबाब बढाउँछ। टाउको दुख्ने र अन्य समस्या हुन सक्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖