• Saturday 28th of November 2026

दुबईमा निधन भएका लेटाङका पौडेलको शव १७ दिनपछि घर आइपुग्यो


  • धनकुटा खबर
  • .

लेटाङ। मोरङको लेटाङ(९ जाँते निवासी ३९ वर्षीय डोलेश्वर पौडेलको शव १७ दिनपछि अन्ततः आफ्नै घर आइपुगेको छ।

रोजगारीको खोजीमा टुरिस्ट भिसामा दुबई गएका पौडेलको २०८१ भदौ ५ गते राति सुतेकै अवस्थामा मृत भेटिएको थियो। तर, उनको शव नेपाल ल्याउन झण्डै दुई साताको समय लाग्यो, जसले प्रवासमा रहेका नेपालीहरूको जीवन र चुनौतीहरूको यथार्थलाई पुनः उजागर गरिदिएको छ।

पौडेल तीन महिना अघि रोजगारीका लागि दुबई गएका थिए, तर यो छोटो समयमै उनको असामयिक निधन भयो। दुबईमा रहेका उनका साथीहरूले पौडेललाई भदौ ५ गते बिहान उठाउन खोज्दा मृत अवस्थामा फेला पारेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖