• Saturday 28th of November 2026

दुई दिन अघि बेपत्ता महिलाको शव फेला


  • धनकुटा खबर
  • .

दुई दिन अघि हराएकी रुकुम पूर्वकी एक महिलाको शव रोल्पामा फेला परेको छ।

रुकुम पूर्वको भूमे गाउँपालिका– ९ सिमलवोटकी ६४ वर्षीया बलकुमारी पुनको शव रोल्पामा फेला परेको हो।

रोल्पाको परिवर्तन गाउँपालिका– ४ कुङग्रीस्थित चुनवाङ खोलामा पुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक विजय चापागाइँले बताए।

उनी भदौ २० गते गाउँबाटै सम्पर्कविहीन भएकी थिइन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖