• Saturday 28th of November 2026

पहिरोमा घरसँगै पुरिएका वडा सदस्य र उनका श्रीमानको मृत्यु


  • धनकुटा खबर
  • .

जाजरकोटमा पहिरो जाँदा घरसँगै पुरिएका श्रीमान-श्रीमतीको मृत्यु भएको छ।

आइतबार बिहान २:५० बजे जाजरकोटको बारेकोट गाउँपालिका-६ तल्लो धुममा मानबहादुर चलाउनेको घर पहिरोले पुरिएको थियो।

सूचनापछि पुगेको प्रहरी टोली र स्थानीयले चलाउने र उनकी श्रीमती ३८ वर्षीया प्रेमकुमारी चलाउनेलाई मृत अवस्थामा पहिरोबाट निकालेको जाजरकोटका डिएसपी पुरूषोत्तम प्रसाद पाण्डेले जानकारी दिए।
प्रेमकुमारी वडासदस्य समेत हुन्।

शनिबार बेलुकादेखिको वर्षाका कारण आएको पहिरोले चार जना सुतिरहेको घर पुरेको थियो। पहिरोले घर पुर्न थालेपछि मानबहादुरका दाइकी छोरी १६ वर्षीया विमला चलाउने भने सकुशल घरबाट निस्कन सफल भएकी थिइन्।

मानबहादुर र प्रेमकुमारीकी ११ वर्षीया छोरी सम्झना चलाउनेलाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि अस्पताल पठाइएको छ।

मृतकको शव पोस्टमर्टमका लागि प्रक्रिया अगाडि बढाइएको डिएसपी पाण्डेले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖