• Wednesday 7th of October 2026

शेरा भन्छन्- म बाहेक सलमानलाई अरूले सम्हाल्न सक्दैनन्


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता सलमान खान जतिकै उनका अंगरक्षक (बडिगार्ड) शेरा पनि चर्चित छन्।

शेरा करिब २९ वर्षदेखि सलमानलाई सुरक्षा दिइरहेका छन्। सलमान र शेराको राम्रो सम्बन्ध छ। शेरा सलमानलाई मालिक भनेर बोलाउँछन्। सलमान आफ्नो बडिगार्डसँग सामाजिक सञ्जालमा तस्बिर सेयर गरिरहेका हुन्छन्।

भारतीय सञ्चारमाध्यम जूमसँग कुराकानी गर्दै शेराले भने, ‘म बाहेक अरू भाइ (सलमान खान) लाई सम्हान सक्दैनन्। उनी धेरै बडिगार्ड परिवर्तन गर्छन्। तर म २९ वर्षदेखि उनको साथमा छु। जबसम्म म जिउँदो छु सलमानको साथ वा उनको पछाडि होइन अगाडि देखिनेछु, ताकि उनीमाथि आउने खत्तरालाई पहिला सामना गर्ने सकूँ।’

शेराले सलमानलाई चण्डिगढ जाँदा पहिलो पटक सुरक्षा दिएका थिए। त्यसपछि उनीहरू एकसाथ छन्।

शेराको वास्तविक नाम गुरमितत सिंह जोली हो। उनको जन्म मुम्बईको एक सिख परिवारमा भएको थियो।

शेराको आफ्नै एउटा सेक्युरिटी एजेन्सी छ जसले व्यापारी र सेलिब्रेटीलाई सुरक्षा दिन्छ। उनले सेक्युरिटी एजेन्सीको नाम आफ्नो छोरा टाइगरको नाममा राखेका छन्।

शेराले माइकल ज्याकसन, विल स्मिथ, ज्याकी चेन जस्ता हलिउड कलाकारलाई पनि सुरक्षा दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖