• Tuesday 6th of October 2026

नक्कली डाक्टरले युट्युब हेर्दै पत्थरीको अपरेसन गर्दा १५ वर्षीय किशोरको ज्यान गयो


  • धनकुटा खबर
  • .

काठमाडौं । नक्कली डाक्टरले युट्युब भिडिओ हेरी पत्थरीको अपरेसन गर्दा १५ वर्षीय किशोरको ज्यान गएको छ । यो घटना भारतको बिहार राज्यस्थित सारण भन्ने जिल्लामा गत शुक्रवार भएको हो ।

घटनाको विवरण अनुसार पेट दुखेपछि गोलु साह नामका किशोर नजिकैको क्लिनिक गएका थिए । त्यसपछि डाक्टर अजित कुमार पुरीले पत्थरी भएको भन्दै अपरेसन गर्नुपर्ने सुझाव दिए ।

तर ती डाक्टरसँग अपरेसनको लागि आवश्यक पर्ने योग्यता र अनुभव थिएन । साथै अपरेसनका क्रममा सस्तो औषधि र सामग्री प्रयोग गरेका थिए । उनले युट्युबमा देखिएका अपरेसन सम्बन्धी भिडिओहरूलाई आधार मान्दै अपरेसन गर्दा किशोरको स्वास्थ्य गम्भीर बनेको थियो ।

किशोरको स्वास्थ्य जटिल भएपछि ती डाक्टरले नै एम्बुलेन्स बोलाएर पटना अस्पताल पुर्‍याउन लागेका थिए । तर अस्पताल नपुग्दै किशोरको बाटैमा निधन भयो । यसपछि नक्कली डाक्टर बाटोबाटै फरार भएका थिए ।

सञ्चामाध्यम आजतकका अनुसार किशोरको परिवारका सदस्यको अनुमतिबिनै ती डाक्टरले किशोरको अपरेसन गरेका थिए । अपरेसन गर्ने क्रममा उनले किशोरका बुवा चन्दन साहलाई बाहिर पठाएका थिए । पछि मोबाइलमा भिडिओ हेर्दै अपरेसन गरिरहेको देखेपछि बुझ्न खोज्दा ‘तिमी डाक्टर हो कि म’ भन्दै झपारेको मृतकका बुबाले बताएका छन् ।

यसबारे आरोपी डाक्टर अजित कुमार पुरीलाई हिरासतमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖