• Wednesday 7th of October 2026

अभिनेता विकास सेठीको निधन


  • धनकुटा खबर
  • .

‘क्योंकि सास भी कभी बहू थी’ का अभिनेता विकास सेठीको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार कार्डियक अरेस्टका कारण उनको ४८ वर्षको उमेरमा मृत्यु भएको हो। उनलाई आइतबार बिहान कार्डियक अरेस्ट भएको थियो।

विकासको मृत्युलाई लिएर उनका परिवारले कुनै जानकारी दिएका छैनन्। विकासकी श्रीमती र दुई छोरी छन्।

उनले ‘क्योंकि सास भी कभी बहू थी’, ‘कसौटी जिन्दगी की’, ‘कहीं तो होगा’ जस्ता टेलिशृंखलामा काम गरेका छन्। साथै उनले शाहरूख खान र ऋतिक रोशनको सुपरहिट फिल्म ‘कभी खुशी कभी गम’ मा पनि काम गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖