• Saturday 28th of November 2026

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु


  • धनकुटा खबर
  • .

पश्चिम नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

सुनवल नगरपालिका-१२ फरौली र रामग्राम नगरपालिका-११ को सिमाना स्थित भित्री सडकमा गएराति १०:५० बजे लु १७ प ८७८८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी डिएसपी रेशम बोहराका अनुसार मृत्यु हुनेमा सुनवल नगरपालिका-९ स्वाठी बस्ने २६ वर्षीय रामनाथ कंवर छन्।

उनले चलाएको मोटरसाइकल आफै अनियन्त्रित भएर सडकको दाया किनारतर्फको नालीमा परेको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका रामनाथलाई उपचारका लागि राति नै जिल्ला अस्पताल परासी पुर्‍याइएको थियो।

उपचारकै क्रममा राति ११:५० बजे उनको मृत्यु भएको डिएसपी बोहराले जानकारी दिए।

मृतकको शव पोष्टमर्टमका लागि सोही अस्पतालमा राखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖