• Saturday 28th of November 2026

५ जना मृत अवस्थामा फेला


  • धनकुटा खबर
  • .

काठमाडौँ । देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् ।

दाङ, तुलसीपुर उपमहानगरपालिका-१५ मलवार बस्ने ६९ वर्षीय बम बहादुर भुषाल सोही ठाउँस्थित सडक छेउमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

चितवन, भरतपुर महानगरपालिका-११ नवजागृति सामुदायिक वनमा कालिका नगरपालिका-५ बस्ने ५५ वर्षीय बाबुराम परियार आइतबार मृत अवस्थामा फेला परेका छन् ।

कैलाली, जानकी गाउँपालिका-४ बेलपुर बस्ने ७० वर्षीय हरद्वारी थारु सोही ठाउँस्थित रोरा नदीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासी पश्चिम, प्रतापपुर गाउँपालिका-१ जमुनियाबाट धनेवा जाने कच्ची बाटोको बिचमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २६ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

बारा, कोल्हबी नगरपालिका-२ बकैया खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖