• Friday 9th of October 2026

तेल बोकेको ट्याङ्कर पल्टिँदा ४८ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

नैरोबी । नाइजेरियामा तेल बोकेको ट्याङ्कर पल्टिँदा कम्तीमा ४८ जनाको मृत्यु भएको छ । यो घटना मध्य नाइजेरियाको नाइजर राज्यमा भएको हो ।

इन्धन बोकेको ट्याङ्कर ,यात्रु र वस्तु भाउ बोकेको लरीसँग ठोक्किँदा यो घटना भएको नाइजेरियाको विपद् एजेन्सीले बताएको छ । यो घटना आइतबार मध्यराति भएको जनाइएको छ ।
बिज्ञापन

नाइजर स्टेट इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीका अनुसार ट्याङ्कर पल्टिएर विस्फोट भएपछि दुवै सवारी साधन आगोको चपेटामा आएका थिए ।

स्थिति नियन्त्रणमा लिन तत्कालै प्रतिक्रिया टोलीलाई घटनास्थलमा पठाइएको एजेन्सीका महानिर्देशक अब्दुल्लाही बाबा–अराहले भने । विस्फोटले अन्य केही सवारी साधनमा पनि क्षति पुर्‍याएको बताइएको छ ।

शव र मरेका बस्तुभाउ निकाल्ने र काम भइरहेको छ । यस घटनामा मरेकाहरूलाई सामूहिक चिहानमा गाड्न लागिएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖