• Wednesday 7th of October 2026

नेपाली फिल्ममा अभिनय गर्न चाहन्छु- नवाजुद्दीन सिद्दिकी


  • धनकुटा खबर
  • .

काठमाडौँ – बलिउड अभिनेता नवाजुद्दीन सिद्धिकीले नेपाली फिल्ममा काम गर्न चाहेको बताएका छन् ।
निर्देशक मीन भामको फिल्म सम्बालाको प्रिमियरका लागि काठमाडौँ आएका नवाजले सञ्जय सिलवाल गुप्ताको पोडकाष्टमा अन्तर्वार्ता दिँदै आफूले नेपाली फिल्ममा काम गर्ने बताएका हुन् ।

नवाजले आफूले नेपाली फिल्ममा केही न केही काम गर्ने र खासगरी मीनसँग काम गर्ने बताए ।

उनले भने- ‘म अभिनयको सवालमा केही गर्न चाहन्छु । खासगरी मीनसँग । सम्बाला निकै उत्कृष्ट फिल्म बनेको छ । यस्तो फिल्म बनाउन ठुलो साहस चाहिन्छ । फिल्ममा पेमाको अभिनय निकै उत्कृष्ट छ । फिल्मको सिनेमेटोग्राफी उत्कृष्ट छ ।’

अन्तर्वार्ताका क्रममा नवाजले नेपालमा आफूले न्यानो आतिथ्य पाएको बताउँदै नेपालीहरूले निकै राम्रो व्यवहार गरेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖