काठमाडौँ । काठमाडौँ महानगरपालिका–११ स्थित भोटेबहालको गेष्ट हाउसमा शव भेटिएको छ ।
भोटेबहालको निलगिरी गेष्टहाउसमा सर्लाहीको हरिपुर नगरपालिका–८ घर भएका ६५ वर्षीय शशी कुमार लाल कर्ण मृत भेटिएका हुन् ।
गेष्टहाउसमा मृत भेटिएका कर्णबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।
उनी भदौ २२ देखि सो गेष्ट हाउसको तेस्रो तलाको ८ नम्बर कोठामा बस्दै आएका थिए ।
