• Saturday 28th of November 2026

सपनामा शिवलिंग देख्नुले दिन्छ यस्तो संकेत, बिहान उठ्ने वित्तिकै गर्नुहोस् यी काम


  • धनकुटा खबर
  • .

एजेन्सी । सनातन धर्ममा सपना विज्ञानलाई विशेष महत्व दिइएको छ । प्राय जसो व्यक्तिले राती सुत्दा कुनै न कुनै सपना देख्छन् र त्यो सपनाको बारेमा जान्न चाहन्छ । धेरै पटक मानिसले यसलाई बेवास्ता गर्छ । तर, केही सपना जीवनका लागि राम्रो हुन्छन् भने केही सपना जीवनका लागि नराम्रो मानिन्छन् ।

यो विश्वास गरिन्छ कि सपनाले भविष्यमा हुने घटनाहरू पनि संकेत गर्दछ । यदि सपनामा शिवलिङ्ग देख्नु भएको छ ? त्यसोभए के तपाईंलाई थाहा छ यसले कस्तो प्रकारको संकेत दिन्छरु यदि तपाईलाई थाहा छैन भने आज यो रिपोर्टमा हामी तपाईलाई सपनामा शिवलिंग देख्नुभयो भने कस्तो संकेत दिन्छ भन्ने कुरा बताउँछौं ।

सपना विज्ञानका अनुसार सपनामा बारम्बार शिवलिंग देख्नु निकै शुभ मानिन्छ । यो सपनाको अर्थ हो कि व्यक्तिले महादेवको आशीर्वाद प्राप्त गर्नेछ । साथै धन सम्बन्धी समस्याहरु हट्दै जानेछन् ।

सपनामा सेतो शिवलिंग देखेमा पनि शुभ मानिन्छ । भनिन्छ कि यसले मानिसलाई सबै रोगबाट मुक्ति मिल्ने संकेत हो । यसबाट सबै मनोकामना पूरा हुन थाल्छन् । भाग्य उज्यालो हुनेछ ।

यदि सपनामा शिवलिङ्गमा दूध चढाइरहनुभएको छ भने यसले महादेव प्रसन्न हुने संकेत गर्छ । यस बाहेक सपनामा शिवलिंगको पूजा गर्नुपनि निकै शुभ मानिन्छ । मानिसको जीवनमा आउने सबै प्रकारका समस्याबाट मुक्ति मिल्छ र सबै मनोकामना पूरा हुन्छन् ।

राति अबेर सपनामा शिवलिङ्ग देख्दै हुनुहुन्छ भने बिहान ब्रह्म मुहूर्तमा स्नान गरी शिव मन्दिरमा गएर भगवान शिवको शिवलिङ्गमा जल चढाउनुपर्छ । पूजा विधि अनुसार गर्नुपर्छ । यसो गर्नाले भगवान शंकर चाँडै प्रसन्‍न हुन्छन् र सबै प्रकारका संकटबाट मुक्ति मिल्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖