• Saturday 28th of November 2026

स्कुलबाट फर्कँदै गरेकी एक बालिकाको खहरे खोलाले बगाएर मृत्यु


  • धनकुटा खबर
  • .

मकवानपुर। मकवानपुरमा खहरेले बगाएर एक बालिकाको मृत्यु भएको छ। मनहरी गाउँपालिका वडा नम्बर ८ सिम्पानी गुरुङडाँडा बस्ने जितेन्द्र गुरुङको वर्ष १४ की रितिका भनिने रन्जिता गुरुङको खहरेले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

युनाइटेड बोर्डिङ स्कुलमा अध्ययनरत गुरुङलाई स्कुलबाट घर फर्किदै गर्दा घर नजिकैको मोरङ्गे खहरेले बगाएको थियो। उनको शव अन्दाजी २ मिटर पर जनसेवा क्रसर नजिकै फेला परेको प्रहरीले जनाएको छ।

मृतक गुरुङको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ। खहरेले बगाएको अर्का एक छात्रको सकुशल उद्धार गरिएको छ।

महेन्द्रकिरण माविमा अध्ययनरत १७ वर्षीय इशान गुरुङलाई सकुशल उद्धार गरिएको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए। उनको मनहरी अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖