• Tuesday 6th of October 2026

विवाहपछी सन्तुष्ट र खुसी चाहनुहुन्छ भने सुत्नुअघि हरेक जोडीले यि काम गरौं


  • धनकुटा खबर
  • .

काठमाडौं । विवाहपछि दुई पार्टनरबीचको सम्बन्ध राम्रो हुन आवश्यक छ । विवाहपछि केही दिनसम्म मानिसहरु सन्तुष्ट र खुसी देखिन्छन् । तर कतिपय भने विवाहपछि लामो समयसम्म खुसी रहन सक्दैनन् ।

विवाहपछि मानिसमा आउने परिवर्तनलाई बुझ्न सक्ने जिवनसंगी भए वैवाहिक जीवनपछि पनि मानिसहरु खुसि रहन सक्छन् । यस्तोमा दुई पार्टनरबीच जति नै भिन्नता भएपनि एकअर्कालाई बुझाउन राम्रो मद्दत गर्छ ।

तपाईलाई विश्वास नलाग्न सक्छ तर कयौं पटक पतिपत्नीबीच सुत्ने बानिका कारण सम्बन्ध विच्छेदसम्मका घटनाहरु विश्वमा हुने गरेका छन् ।हरेक चिजको आफ्नै महत्व र नियम हुन्छ । यस्तै नियम शयन कक्षामा पनि राख्न सकियो भने पति पत्नीबीच समस्या उत्पन्न हुँदैन । त्यसका लागि सुत्नअघि केही काम गर्न जरुरी छ ।

यदी पति पत्नी बेग्लाबेग्लै समयमा सुत्न जानुहुन्छ भने यसलाई सुधार गर्नुहोस् । वैवाहिक जीवनलाई सहज र राम्रोसँग चलाउन चाहनुहुन्छ भने दुबै जना सुत्न जाने समयलाई एकै बनाउँनुहोस् । यस्तो नहोस् कि एकजना काम सकेर आउँदा अर्को जना घुँरिरहेको होस् ।

एक अर्कालाई ध्यान दिने गर्नुहोस् । सानो सानो तारिफले तपाईकी पत्नी या पतीमा खुसी दिनसक्छ त्यसलै सानो कुरा विग्रदा गाली होइन माया प्रेम र राम्रो हुँदा तारिफ गर्ने बानीको विकास गर्नुहोस् ।
प्रयास गर्नुहोस् कि सुत्नुभन्दा पहिला मोबाइल हातमा नहोस् । बेडरुममा टिभी राख्नबाट बच्नुहोस् । बरु म्युजिक प्लेयर राख्नुहोस् र सानो आवाजमा केही बजाउनुहोस् जो दुवैलाई ठिक लागोस् ।

घरायसी तनाव, कार्यालयको समस्या, राजनीतिक विषयलाई एकछिन छोडेर दुई जना दिनभरका गतिविधि बारे चर्चा गर्नुहोस् । माया प्रेम युक्त कुराहरु गर्नुहोस् जसले एक अर्कालाई नजिक ल्याउन सहयोग हुन्छ ।
माया प्रेमको आआफ्नै शैली हुन्छ तर व्यक्त भावना भन्दा छोएर गरिने तारिफले माया प्रेम थप गाढा हुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖