• Tuesday 6th of October 2026

बिहानै खालीपेट कागती पानी पिउनु निक्कै फाइदा


  • धनकुटा खबर
  • .

काठमाडौं । बिहान उठ्नसाथ तातो चिया पिउने धेरैको बानी छ । तर चिकित्सकहरु खाली पेटमा तातो चिया पिउनु उचित नहुने बताउँछन् । बिहान उठ्नसाथ खाली पेट मन तातो पानीमा कागती राखेर खाँदा स्वास्थ्यलाई निकै लाभदायक हुन्छ ।

यो पेयले शरीरलाई डिहाइड्रेसनबाट बचाउने मात्र होइन, कागती पानी पिउनाले धेरै स्वास्थ्य लाभहरू पनि प्रदान गर्दछ।

अध्ययनहरूले कागती पानी पिउने विभिन्न प्रकारका स्वास्थ्य लाभहरू देखाएको छ, जसमा शरीरमा पानीको मात्रा बढाउने, तौल घटाउन मद्दत गर्ने, र भिटामिन सी बढाउने गर्ने समावेश छ । तर स्वास्थ्य विज्ञहरू भने यसलाई ठिक मात्रामा मात्रै सेवन गर्नुपर्ने बताउँछन् ।

कागती धेरै प्रकारका पोषक तत्त्वहरूले भरिपूर्ण मानिन्छ, मुख्यतया यो भिटामिन सी को उत्कृष्ट स्रोत हो। यसलाई मुटुको स्वास्थ्यका लागि राम्रो मानिन्छ र केही अध्ययनले खाली पेटमा मनतातो पानीमा कागती र मह मिसाएर सेवन गर्नाले तौल नियन्त्रणमा मद्दत पुग्ने पत्ता लागेको छ ।

यस्ता छन्, कागती पानीका फाइदा

बिहान खालि पेट तातो पानीमा कागतीको रस मिसाएर पिउँनुहुन्छ भने तपाईंको पेट राम्ररी सफा हुन्छ । कब्जियतहुँदैन ।
कागती पानीको सेवनले पेटको समस्या पनि हट्छ । पाचन तन्त्रलाई फाइदा गर्छ । पाचन क्रिया राम्रो हुन्छ ।
बढ्दो मोटोपन पनि नियन्त्रण हुन्छ । तौल घट्छ ।
तातो कागती पानी सेवन गर्दा हानिकारक तत्व शरीरबाट बाहिर निस्कन्छ ।

मुख र सासको गन्ध हट्छ । तपाईं ताजगी महसुस गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖