• Saturday 28th of November 2026

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना


  • धनकुटा खबर
  • .

दमौली । तनहुँको आबुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडा जोड्ने खहरे खोलामा बस दुर्घटना भएको छ ।

तनहुँ प्रहरीका अनुसार नयाँ र पुरानो दुई वटा पुलको बीचबाट बस तल खहरे खोलाको खोल्सामा खसेको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग १ ख ९४०२ नम्बरको बस दुर्घटना भएको हो । सो बसमा यात्रा गरिरहेका ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।

बसमा १५ जना रहेको बताइएको छ ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖