• Wednesday 7th of October 2026

के संग डराउँछन् अभिनेता सलमान खान?


  • धनकुटा खबर
  • .

यतिबेला बलिउड अभिनेता सलमान खान ‘सिकन्दर’ को छायांकमा व्यस्त छन्।

यसैबीच सलमान खानले आफ्नो व्यक्तिगत जीवनबारे कुराकानी गरेका छन्। उनले भारतीय सञ्चारमाध्यम पिंकभिलामा आफूलाई केसँग डर लाग्छ भन्नेबारे खुलासा गरेका छन्।

‘म सम्मानबाट डराउँछु। कसैलाई निराश गर्नबाट डराउँछु। जसले मलाई माया गर्छन्, ती व्यक्तिहरूको नजरमा आफ्नो सम्मान गुमाउनु हुन्न भन्ने लाग्छ। यो बाहेक अन्य केही कुरासँग डर लाग्दैन,’ उनले भने।

सलमान पछिल्लो समय ‘टाइगर ३’ मा देखिएका थिए। यस फिल्ममा सलमानसँगै कट्रीना कैफ र इमरान हाश्मीको पनि अभिनय थियो।

सलमान ‘सिकन्दर’ पछि ‘टाइगर भर्सेस पठान’ मा देखिनेछन्। यो यशराज फिल्म्सको स्पाइ युनिभर्सको फिल्म हो। जसमा सलमान खान र शाहरूख खानको मुख्य भूमिका रहनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖