• Wednesday 7th of October 2026

बन्द भयो जाकिर खानको शो ‘आपका अपना जाकिर’


  • धनकुटा खबर
  • .

भारतीय कमेडियन जाकिर खानको शो ‘आपका अपना जाकिर’ बन्द भएको छ।

यो शो अगस्टमा लन्च गरिएको थियो। तर जाकिरले दर्शकको ध्यान खिच्न सकेनन्। जसको कारण शो बन्द गरिएको हो।

जाकिरका नजिकका साथी भने, ‘हाल जाकिरको स्वास्थ्य अवस्था ठिक छैन। यस्तो अवस्थामा टिमले ब्रेक लिने निर्णय गरेका छन्। अब यस शोको छायांकन सुरू हुँदैन।’

पछिल्लो महिना स्टार भारतका गौरव बनर्जीले सोनी नेटवर्कको काम सम्हालेका थिए। भारतीय सञ्चारमाध्यम आजतकका अनुसार यसवर्षको अन्तिमसम्म सोनी टिभी धेरै परिवर्तन गरिनेछ। च्यानलको क्रिएटिभ टिमले दर्शकको लागि नयाँ र रोचक कन्टेन्ट ल्याउने तयारी गरिरहेका छन्।

यस च्यानलमा चलिरहेको फिक्सन शोज बन्द गरिने भएको छ। सिरियल ‘काव्या: एक जज्बा’, ‘एक जुनून’, ‘पुकार दिल से दिल तक’ र ‘जुबली टकिज’ लगायत शो बन्द हुँदैछ। यी शो बन्द गरेपछि ‘सिआईडी’ र ‘क्राइम पेट्रोल’ फेरि ल्याउने तयारी गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖