धनगढी । कैलालीको खुटिया नदीले खतराकाे तह पार गरेको छ । नदीले जल सतर्कता तह पार गरेको हाे ।
मुडीभर जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनााएको छ ।
तल्लो नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहेका नागरिकलाई भोली (शनिवार) बिहान ९ बजेसम्म सचेत रहन विभागले आग्रह गरेको छ ।
