• Wednesday 7th of October 2026

कति छ गोविन्दाको सम्पत्ति?


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता गोविन्दा अर्थात गोविन्द अरूण आहूजा हाल फिल्म क्षेत्रबाट टाढिएका छन्।

उनी फेरि राजनीतिमा प्रवेश गर्ने तयारीमा छन्। आफ्नो समयमा अभिनयका बादशाह भनेर परिचित गोविन्दा अहिले कुनै फिल्ममा अभिनय गरिरहेका छैनन्। तर पनि उनको कमाइ धेरै छ। उनी वर्षमा १२ करोड भारू कमाउँछन्।

भारतीय सञ्चारमाध्यम एनडिटिभीका अनुसार उनी विज्ञापनबाटै २ करोड भारू कमाउँछन्। उनीसँग ६ बंगला, २ फार्म हाउस र अमेरिकामा समेत घर छ।

उनी जुन घरमा बस्छन् त्यसको नाम जल दर्शन हो। जसको मूल्य करिब १६ करोड भारू बताइएको छ।

गोविन्दा र उनी श्रीमती सुनीताको एक छोरी टीना र छोरा यशवर्धन छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖