• Wednesday 7th of October 2026

ह्यारी केनको ह्याट्रिकमा बायर्नको फराकिलो जित


  • धनकुटा खबर
  • .

काठमाडौँ । जर्मनीको बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले फराकिलो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले होल्स्टेन किएललाई ६-१ गोल अन्तरले पराजित गरेको थियो । बायर्नको जितमा ह्यारी केनले ह्याट्रिक गरेका थिए । त्यस्तै जमाल मुसियाला र माइकल ओलीसले एक एक तथा होल्स्टेन किएलका निकोलाई रेमबर्गले एक गोल आत्मघाती गोल गरेका थिए ।

यो जितपछि बायर्नले लिगमा लगातार तेस्रो जित हासिल गर्दै ९ अंक बनाएको छ र लिगमा शिर्ष स्थानमा छ । त्यस्तै होल्स्टेन किएलको भने यस सिजनमा यो लगातार तेस्रो हार हो ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖