• Wednesday 7th of October 2026

बलिवुड फिल्म स्त्री-२ ले अहिलेसम्म कति कमायो ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । अहिलेसम्म फिल्म स्त्री-२ ले ५८० करोड १८ लाख कमाई गरेको छ ।

फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले रिलिजको पाँचौं सातासम्म ५८० करोड १८ लाख कमाएको जानकारी दिएका छन् । फिल्मले अहिले पनि राम्रो कमाई गरिरहेको र ६०० करोड क्लबमा सामले हुनसक्ने आदर्शले उल्लेख गरेका छन् ।

करिब ५० करोडको लागतमा बनेको यो फिल्मले पहिलो दिनमा नै आफ्नो लागत उठाएको थियो ।

अमर कौशिकले निर्देशन गरेको स्त्री-२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖