• Sunday 8th of November 2026
  • ट्रेण्डिङ :

लुम्बिनीमा कांग्रेस सचेतक गिरीले दिइन् राजीनामा


  • धनकुटा खबर
  • .

लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसकी सचेतक निमा गिरीले राजीनामा दिएकी छिन् |

उनले सोमबार संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई राजीनामा बुझाएकी हुन् ।​

विविध कारणले आगामी दिनमा सचेतकको जिम्मेवारी निर्वाह गर्न असमर्थ रहेको उनले उल्लेख गरेकी छिन् ।

गिरीलाई २०७९ चैत २९ गते सचेतकको जिम्मेवारी दिइएको थियो ।

करिब १८ महिना गिरीले सचेतकको जिम्मेवारी निर्वाह गरेर राजीनामा दिएकी हुन् ।

वर्तमान सरकारमा कांग्रेसबाट दुई जना मन्त्री पठाउन बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖