• Tuesday 6th of October 2026

यसकारण चिया खानुअघि पानी अनिवार्य पिउनुहोस्


  • धनकुटा खबर
  • .

हामी बिहान उठ्नासाथ चिया पिउन खोज्छौ । चिया नपिएसम्म हामीलाई उज्यालो भएजस्तो लाग्दैन । साथै चियालाई नेपालमा संस्कारको रूपमा लिने गरिन्छ ।

घरमा पाहुना आएका छन् भने सुरुमा चिया दिएर स्वागत गर्छौ अथवा हामी कोही साथी भेट्छौ भने चिया गफ नै गर्छौ । तर हामीले चिया पिउँदा पनि धेरै कुराहरूमा ध्यान दिनुपर्छ ।

तपाईँले एक गिलास पानी खाएर चियाका बेफाइदाबाट छुटकारा पाउन सकिन्छ । चिया खानुअघि पानी पिउनु स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । पानीले शरीरलाई हाइड्रेट राख्छ । चिया खानुअघि पानी पिउँदा आन्द्रामा एउटा पत्र बन्छ जसले चियाबाट हुने एसिडिक इफेक्टलाई कम गर्छ । चिया खानुअघि मनतातो पानी पिउँदा थप प्रभावकारी हुन्छ ।

खाली पेटमा चिया खाँदा एसिडिटीको समस्या हुन्छ । चिया पिउँदा पेटमा एसिड बढ्छ जसले एसिडिटीको समस्या बढ्छ । त्यसैले बिहान मात्रै होइन, प्रत्येक पल्ट चिया पिउँदा पानी खानुहोस् ।

चियाले तपाईँको शरीरलाई डिहाइड्रेट गर्न सक्छ । त्यसैले चिया खानु अघि पानी पिउनुहोस् । खाली पेटमा चिया पिउँदा स्वास्थ्यलाई हानी हुन्छ । यसले अल्सरको सम्भावना बढाउँछ । यस्तोमा चिया खानुअघि पानी पिउनु निकै राम्रो विकल्प हो । साथै पेटसँग सम्बन्धित समस्या र जोखिम पनि कम हुनेछ ।

चियामा टेनिन्स केमिकल हुन्छ । जसले दाँत बिगार्न सक्छ । चिया खाँदा दाँतमा एक प्रकारको पत्र बन्ने गर्छ । चिया खानुअघि पानी पिउनुहुन्छ भने दाँतले पनि सुरक्षा पाउँछ र मुखको ब्याक्टेरियामालाई पनि सफा गर्छ ।

चिया खानु १०–१५ मिनेट अघि पानी पिउने हो भने बढी फाइदा हुन्छ । यसले चियाबाट आएको एसिडलाई डायल्युट गर्न मद्दत मिल्छ । साथै क्याफिनको असर पनि कम हुन्छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖