• Friday 9th of October 2026

पेजर विष्फोटमा ९ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

एजेन्सी । लेबनानको विभिन्न स्थानमा मेसेज अर्थात् सन्देश पठाउन प्रयोग हुने ‘पेजर’ उपकरण एकसाथ विस्फोट हुँदा एक बालिकासहित ९ जनाको मृत्यु भएको छ।

ज्यान गुमाउनेमा इरानसमर्थित हिजबुल्लाहका ८ जना सदस्य समेत रहेका छन् ।

विस्फोटमा लेबनानका लागि इरानका राजदूत मुज्ताबा अमानी र हिजबुल्लाहका सदस्यहरुसहित २८ सय जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ। इरानले समेत विस्फोटमा आफ्ना राजदूत घाइते भएको पुष्टि गरेको छ।​

हिजबुल्लाह समूहसँगै लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले समेत उक्त घटनाको दोष इजरायललाई दिएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖