• Wednesday 7th of October 2026

र्‍याम्पमा हिँडेर फेरि अस्पताल भर्ना भइन् हिना खान


  • धनकुटा खबर
  • .

भारतीय अभिनेत्री हिना खान स्तन क्यान्सरसँग लडिरहेकी छन्।

भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार उनलाई तेस्रो चरणको स्तन क्यान्सर भएको छ। उनी आफ्नो स्वास्थ्यलाई लिएर सामाजिक सञ्जालमा पोस्ट गरिरहेकी हुन्छिन्। उनी हालै बेहुलीको भेषमा र्‍याम्पमा हिँडेकी थिइन्। जसलाई थुप्रै दर्शकले रूचाएका थिए।

र्‍याम्पमा हिँडेपछि उनी फेरि अस्पताल भर्ना भएकी छन्। उनले इन्स्टाग्राममा एक तस्बिर सार्वजनिक गरेकी छन्। जसमा उनी अस्पतालको बेडमा देखिएकी छन्।

उनी किमोथेरापी सेशन गर्न अस्पताल भर्ना भएकी हुन्। हाल उनको पाँचौं किमोथेरापी चलिरहेको छ। ३६ वर्षकी हिना २ दिनअघि र्‍याम्पमा हिँडेकी थिइन्। उनी र्‍याम्पमा हिँड्ने मात्र होइन जिम पनि जान्छिन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖