• Wednesday 7th of October 2026

४ महिनामै जुम्ल्याहा सन्तानकी आमा बनेकी अभिनेत्रीले भनिन्- ‘शब्दमा व्यक्त गर्न सक्दिनँ’


  • धनकुटा खबर
  • .

एजेन्सी । दक्षिण भारतीय चलचित्र उद्योगकी चर्चित अभिनेत्री नयनतारा, हाल बलिउडमा पनि सक्रिय छिन्, जसले शाहरुख खानको फिल्म ‘जवान’मा अभिनय गरेर धेरैको ध्यान तानेकी छिन् ।

नयनताराले ९ जुन २०२२ मा फिल्म निर्माता विग्नेशसँग विवाह गरेकी थिइन्, र अक्टोबर २०२२ मा, बिहे भएको चार महिनामै सरोगेसी मार्फत जुम्ल्याहा सन्तानलाई स्वागत गरेकी थिइन् ।

उनका पति विग्नेश हाल ३९ वर्षका भएका छन् । विग्नेशको जन्मदिनको अवसरमा नयनताराले इन्स्टाग्राममा फोटोसहित माया भरेका शब्दहरू लेखेर शुभकामना व्यक्त गरेकी छिन् ।

उनले लेखेकी छन्, “जन्मदिनको शुभकामना ! तपाईं मेरो लागि सबै थोक हुनुहुन्छ। म तपाईंलाई कति प्रेम गर्छु, त्यो शब्दमा व्यक्त गर्न सक्दिनँ । भगवानले तपाईंलाई जीवनमा सबै इच्छा पूरा गरून् ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖