काठमाडौं – जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद डा. सीके राउत (चन्द्रकान्त राउत)लाई उनकी श्रीमती सोनीकुमारी सिंह (सोनी सिन्धु रानी)ले परस्त्रीसँग रङ्गेहात भेटेको पाइएको छ । गएको स्थानीय तह निर्वाचनअघि र उपराष्ट्रपति निर्वाचपछि रानीले श्रीमानलाई रङ्गेहात भेटेकी थिइन् ।
रानीले रङ्गेहात भेटेपछि उनीहरुको झडपसमेत भएको थियो। झडपका क्रममा सीके, सोनी र सँगै फेला परेकी युवतीलाई टाउकोमा चोटपटकसमेत लागेको स्रोतको दावी छ। श्रोतले दिएको जानकारी अनुसार त्यतिबेला धिन्धु रानीले विष सेवन पनि गरेकी थिइन् ।
यो विषय परिवारका अन्य सदस्यले पनि थापा पाएपछि मेलमिलाप भएको थियो । तर १२ भदौमा सिके राउतले ललितपुर जिल्ला अदालतमा श्रीमतीसँग सम्वन्ध विच्छेद र अंश सम्बन्धी मुद्दा दायर गरेपछि यो विषय पुनः सतहमा आएको छ । राउतले दायर गरेको मुद्दामा सम्वन्ध विच्छेदको प्रमुख कारण श्रीमती बढी समय माइतीमा बस्ने गरेको र उतै बस्न चाहेको उल्लेख छ। तर, सोनी र उनको माईती पक्षले भने राउतले विगत १० वर्षदेखि घरेलु सिंसा गरेको र परिवारलाई समय नदिएको आरोप लगाएका छन्।
परिवारले सोनीले सीकेलाई पटक–पटक परस्त्रिसँग रङ्गेहात फेला पारेपछि छुट्टिन चाहेको जनाईएको छ। राउतको ससुराली भारतको बिहार राज्य अन्तर्गत पूर्णिया जिल्ला सिमरिया ग्राम पंचायत वडा नं. ३ हो। सोनी उमेश सिंहकी छोरी हुन। सामान्य लेखपढ गरेकी सोनी लामो समय पतिसँगै देश–विदेश घुमेकी थिइन्। राउत दम्पत्तीका एक छोरा र दुई छोरी छन्। जेठो छोरा करिव १३ वर्ष र काञ्छी छोरी करिब ८ वर्षकी छिन्। छोराको जन्म अमेरिकामै भएको हो।
महालक्ष्मी नगरपालिका–४, इमाडोल बस्दै आएका राउतको स्थायी ठेगाना सप्तरीको महादेवा गाउँपालिका–२ हो। तर, उनले अदालतमा मुद्दा दायर गर्दा ठेगाना महालक्ष्मी नगरपालिका–४ भनेर उल्लेख गरेका छन्। श्रीमती सोनीसँग वैवाहिक अंगीकृत नागरिकता छ।-मोटिभेट न्यूजबाट
