• Tuesday 6th of October 2026

के वास्तवमै मन तातो पानीले वजन कम हुन्छ त ?


  • धनकुटा खबर
  • .

वास्तवमा खालि पेटमा मन तातो पानी पिउनुका विभिन्न फाइदाहरू छन् । मन तातो पानी पिउनाले हाम्रो पाचन प्रणाली राम्रो हुन्छ, जसले प्रतिरोधक क्षमतामा वृद्धि हुन्छ भने हामीलाई सहजै कुनै पनि रोग लाग्न सक्दैन ।

यसका साथै छालामा पनि फाइदा पुग्छ । विशेष गरेर मन तातो पानीले वजन घटाउनु अथवा पेटको बोसो कम गर्छ भन्ने दाबी प्रसिद्ध रहेको छ ।

तर के वास्तवमै मन तातो पानीले वजन कम हुन्छ त ?

मन तातो पानी पिउनाले बोसो पग्लिने नभएर शरीरलाई राम्रोसंग हाइड्रेटेड राख्न र चिया–कफी जस्ता क्यालोरी भएको पदार्थको तुलनामा तातो पानी पिउनाले बढेको वजन कम गर्न सहयोग पुग्छ ।

यसका साथै यदि सन्तुलित आहार र नियमित शारीरिक गतिविधि गर्नुहुन्छ भने यसले छिट्टै राम्रो नतिजा दिन्छ । विशेषज्ञका अनुसार तातो पानी पिउनाले शरीरलाई भोजनमा समावेश फ्याट मलीक्यूल (अणुहरु) लाई अत्यधिक कुशलताका साथ टुक्राउन सहयोग प्राप्त हुन्छ ।

जसले शरीरलाई वजन घटाउने प्रक्रियामा सहयोग प्राप्त हुन्छ । यद्यपि, पानी कति तातो हुनु पर्छ भन्ने कुरा ध्यान दिनु पर्छ । पानी तपाईँको शरीरले सहन सक्ने हुनु आवश्यक छ । बढी तातो पानीले मुख पोल्ने भएकाले मन तातो पानी पिउनु पर्छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖