• Saturday 28th of November 2026

यसकारण पक्राउ परे यी दुई युवती


  • धनकुटा खबर
  • .

धनगढी । कैलालीको धनगढीमा लागुऔषधसहित २ युवती पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–८ धनगढीगाँउबाट २ युवती लागुऔषधसहित पक्राउ परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूह र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले धनगढी–८ की २७ वर्षीया राममति राना र २२ वर्षीया करिना राना १ ग्राम ७० मिलिग्राम लागुऔषधसहित पक्राउ परेकी हुन् ।

शुक्रबार लागुऔषधसहित दुबै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖