• Saturday 28th of November 2026

भिरबाट लडेर घाइते महिलाको उपचारका क्रममा मृत्यु


  • धनकुटा खबर
  • .

डोटी । डोटीमा भीरबाट लडेर घाइते भएकी महिलाको मृत्यु भएको छ ।

जिल्लाको जोरायल गाउँपालिका–४ नक्कुकी ३४ वर्षीया रोहिता बोहराको उपचारका क्रममा मृत्यु भएको हो ।

उनी घरदेखि कैलालीको सहजपुर जानेक्रममा जोरायल–४ स्थित पत्थरखानी भिरबाट लडेर करिब एक सय मिटर तल खसी घाइते भएकी थिइन् । उपचारका क्रममा उनको धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖