• Saturday 28th of November 2026

विमानस्थलमा ढलेर एक जनाको मृत्यु


  • धनकुटा खबर
  • .

धनगढी । धनगढी विमानस्थलमा ढलेर एक जनाकाे मृत्युु भएकाे छ ।

शनिबार साँझ धनगढीदेखि काठमाडौं जान विमानस्थलमा बाेडिङ पास गर्ने क्रममा ढलेर गाेदावरी नगरपालिका -२ बस्ने ५० वर्षीय शेरबहादुर बाेहाेराकाे ढलेर मृत्युु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बाेहाेराले ढलेर बेहाेस् भएका बाेहाेरालाई तत्काल माया मेट्राे अस्पताल पुगाइएकाे तर चिकित्सकले मृत घाेषणा गरेकाे बताए ।

उनकाे हदयघातका कारण मृत्युु भएकाे आशंका गरिएको छ । बाेहाेराकाे शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖