• Saturday 28th of November 2026

सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय


  • धनकुटा खबर
  • .

काठमाडौं । महान्यायाधीवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिने निर्णय गरेको छ ।

बलात्कार मुद्दामा उच्च अदालत पाटनले दिएको सफाइविरुद्ध महान्यायाधीवक्ता कार्यालयले सर्वोच्च जाने निर्णय गरेको हो ।

उच्च अदालतको फैसलाको पूर्णपाठसँगै सार्वजनिक भएपछि उच्च सरकारी वकिलको कार्यालय पाटनले फैसलाविरुद्ध पुनरावेदन गर्नुपर्ने भनी राय दिएको थियो ।

सोही आधारमा पुनरावेदन गर्ने निर्णय गरेको महान्यायाधीवक्ता कार्यालय स्रोतले बताएको छ ।

तर, यसअघि गौशाला २६ ले लामिछानेविरूद्ध बलात्कारको मुद्दा अघि नबढाउन उच्च सरकारी वकिल कार्यालय पाटन पुगेर निवेदन दिएकी थिइन् ।

केही संस्था तथा व्यक्तिले बलात्कार मुद्दा दर्ता भएदेखि नै आफूलाई मानसिक रूपमा परेको असरको फाइदा उठाएको उनको भनाइ थियो । तर, महान्यायाधीवक्ता कार्यालयले गौशाला २६ को निवेदनले पुनरावेदन गर्न असर नगर्ने बताएको थियो ।

अब लामिछानेले आफूविरुद्धको मुद्दामा सर्वोच्चमा सामना गर्नुपर्ने भएको छ । पुनरावेदन निवेदन दर्ता गराएपछि सर्वोच्च अदालतले सन्दिपलाई झिकाउनु भनी म्याद जारी गर्छ । र, सन्दीप लामिछानेले म्याद बुझेपछि मुद्दाको प्रक्रिया सुरू हुन्छ ।

हाल लामिछाने आईसीसी लिग-२ खेल्न क्यानडामा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖