• Sunday 29th of November 2026

न्यूनचापीय प्रणालीको प्रभाव : शुक्रबारसम्म देशभरी पानी पर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । मंगलबारदेखि शुक्रबारसम्म चार दिने नेपालमा वर्षाको उच्च सम्भावना रहेको छ । बंगालआसपास बनेको न्यूनचापीय प्रणाली उत्तर पश्चिमतिर सरेर स्थानीय वायुको पनि असर र मनसुनी प्रभावका कारण वर्षा हुन लागेको हो । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार मंगलबार दिउँसोदेखि बादल लागेर वर्षा हुन्छ, शुक्रबारसम्म वर्षाको सम्भावना छ ।

मंगलबार कोशी, गण्डकी र लुम्बिनीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने आकलन महाशाखाले गरेको छ । मंगलबार राति कोशी, बागमती, गण्डकी, सुदूरपश्चिमका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आकलन महाशाखाले गरेको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक दुई स्थानमा भने भारी वर्षाको चेतावनी दिइएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । बुधबार सात वटै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका थोरै तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश एक दुई स्थानमा भारी वर्षा हुने देखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖